images
images

माथिल्लो मैलुङ खोलाको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?


  • 581
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    माथिल्लो मैलुङ खोलाको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

    काठमाडौं । माथिल्लो मैलुङ खोलाको आईपीओमा दोस्रो दिन सम्ममा ६६ करोड ४२ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आजसम्म ५ लाख ८४ हजार ७५ जना आवेदकले ६६ लाख ४२ हजार ८ सय ४० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा ५.१७ गुणा बढी आवेदन हो । 

    यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले बिहीबार (असोज १८ गते) देखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २ सय कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई आईपीओ ल्याएको हो । यसर्थ, १२ लाख ८४ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज २२ गते हुनेछ भने ढिलोमा कात्तिक २ गते हुनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo