images
images

लक्ष्मी र सनराइज क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी ४८ करोड पुग्ने


  • 547
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    लक्ष्मी र सनराइज क्यापिटल एक आपसमा गाभिने, चुक्ता पूँजी ४८ करोड पुग्ने

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धी सम्झौता पत्रमा औपाचारिक रुपमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

    लक्ष्मी क्यापिटल मार्केटको मुख्य संस्था लक्ष्मी बैंक मिति २०८० साल आषाढ २८ गते बाट सन्राइज बैंकसँग गाभिएर लक्ष्मी सन्राइज बैंक भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सन्राइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटलबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेका छन् ।

    यस्तो अवस्थामा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को दफा२९ (क) बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैकिङ्ग व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटलबीच आपसमा गाभ्ने/गाभिने भएका हुन् ।

    मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ साथै अझ सबल रुपमा व्यासाय विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत गरिएको छ ।


    images
    images

    Logo