images
images

नेपाल वेयरहाउजिङ्गको आईपीओ कार्तिक १० गतेदेखि


  • 524
    SHARES
  • २०८० आश्विन १९ गते शुक्रबार

    नेपाल वेयरहाउजिङ्गको आईपीओ कार्तिक १० गतेदेखि

    काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले कात्तिक १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक १० गतेदेखि बैदेशिक रोजगारीमा रहेका नेपालीशरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५ सय कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५ सय बराबरको ६८ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गर्नेछ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ।


    कम्पनीको आईपीओमा न्युनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । बेदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन । 

    कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 


    images
    images

    Logo