images
images

मैलुङ खोलाको आइपीओमा पहिलो दिन कति पर्यो आवेदन ?


  • 527
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    मैलुङ खोलाको आइपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

    काठमाडौं । मैलुङ खोलाको आइपीओमा पहिलो दिन नै २ लाख बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा २ लाख ८४ हजार ९६८ जनाले ३२ लाख ४७ हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजीको २५ प्रतिशतका दरले हुन आउने २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणका लागि छुट्याएको शयरको १० प्रतिशतले हुन आउने १ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

    दोस्रो चरणमा कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको आइपीओमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि कात्तिक २ गतेसम्म लम्बिनेछ ।

    आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

    लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo