काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.०४ अंकले घटेर १ हजार ९ सय ५६ दशमलव ९२ अंकमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८० स्क्रिपको १ अर्ब १० करोड रुपैयाँ बराबरको ३५ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ लकम्पनीको शेयर मुल्य स्थिर छ । १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ। अन्य उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दाले घटेको छ ।
आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सोल्टी होटल्सको ३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज राही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।



