काठमाडौं । ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड–१ ले बुक क्लोजको मिति तय गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई व्यालेन्स्ड फण्ड–१ ले असोज २५ गते बुक क्लोज गर्ने भएको हो ।
तसर्थ, असोज २४ गतेसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । यसले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट कर सहित ५५ नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ ।
यसले कुल ५ करोड १२ लाख ८८ हजार १ सय ८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।