काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजनीतिक दलका नेताहरुलाई सामाजिक सञ्जाल फेसबुकमा अशिष्ट रुपमा गालीगलौज गरेको स्टाटस लेखेका छन् ।
सरकारले पदीय मर्यादा विपरीत काम गरेको भन्दै मंगलबार भट्टराईले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सरकारी पदमा बसेको व्यक्तिलाई तल्लो स्तरमा गएर स्टाटस लेख्ने अनुमति कानूनले नदिए पनि भट्टराईले त्यसर्ला पालना गरेका छैनन् ।
अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलाीका प्रिय पात्र भट्टराईलाई ओली सरकारले जस्तो स्टाटस लेख्न पनि छुट दिएको थियो । भट्टराईले ओलीको विरोध गर्नेलाई तल्लो स्तरमा ओर्लेर लेख्छन् ।
भट्टराईले बुधबार फेसबुकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर गालीगलौजको शैलीमा लेखेका छन् ।
‘मलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचण्ड र माधव नेपालको भीषण दवाव रहेछ । गुरु भट्टराई देखेर तीन कान्ला हाम फाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?’ महाप्रबन्धक भट्टराईले लेखेका छन्, ‘म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताल आएको होला र ? त्यो बाध्यता मुलुुक निर्माण र जनता खुसहालीको निम्ति हो ममेरो आफ्नै व्यक्तिगत चाहना हैन ।’
महाप्रबन्धक भट्टराईले फेसबुकमा नेपाल र प्रचण्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको आरोप लगाएका छन् ।



