images
images

सर्वसाधारणलाई मथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि


  • 708
    SHARES
  • २०८० आश्विन १८ गते बिहीबार

    सर्वसाधारणलाई मथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि

    काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतले सर्वसाधारणलाई आजदेखि आईपीओ विक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

    त्यस्तै, दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २ सय कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २ सय कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

    सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज २२ गते हुनेछ भने ढिलोमा कात्तिक २ गते हुनेछ।

    सो कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।  

     


    images
    images

    Logo