काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले कीर्तेको आरोप लागेका पूर्व डीआईजी नवराज सिलवालले कुनै लाभ नलिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ । केपी शर्मा ओली नेतृत्व सरकारका महान्यायाधिवक्ता रमेश बडालले जाँदाजाँदै मुद्दा नचलाउने निर्णय गरेका हुन् ।
सिलवालविरुद्ध २०७३ सालमा प्रहरी महानिरीक्षकको दाबी गर्दा कार्यसम्पादन मूल्यांकन फाराम सच्याएको विषयमा कीर्ते मुद्दा चलाएर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश गरेको थियो । उनी प्रहरीमै रहेको बेला कार्यसम्पादन मूल्यांकन सच्याएर नम्बर बढाएको विषयमा प्रहरी नेतृत्वले समेत छानबिन गर्ने निर्णय गरेको थियो ।
कीर्ते गरेको विषयमा अनुसन्धानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, उच्च सरकारी वकिलको कार्यालय पाटन हुँदै २०७८ जेठ १ण् मा महान्यायाधिवक्ता बडालले मुद्दा नचल्ने निर्णय गरेका थिए । संवैधानिक व्यवस्था अनुसार महान्यायाधिवक्ताले मसद्दा नचल्ने निर्णय गरेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए । मुद्दा चलाउने कानूनी आधार नभेटिएकोले नचलाउने निर्णय गरिएको उनले बताए । नागरिक दैनिकबाट



