images
images

शेयर बजार परिसूचक र कारोबार रकम दुवैमा सुधार


  • 1.2K
    SHARES
  • २०८० आश्विन १७ गते बुधबार

    शेयर बजार परिसूचक र कारोबार रकम दुवैमा सुधार

    काठमाडौं । शेयर बजार र कारोबार रकम दुवैमा सुधार देखिएको छ । आज शेयर बजार ९.२४ अबंकले बढेर १९६७.९७ अंकमा पुगेको हो । त्यस्तै, हिजो १ अर्ब १६ करोड रहेको कारोबार रकमा आज झिनो वृद्धि भएर १ अर्ब १७ करोड रुपैयाँ पुगेको हो ।

    आज बजारमा १७४ वटा कम्पनीको शेयर मूल्य बढ्यो । ५२ वटा कम्पनीको मूल्य घट्यो भने ६ वटा कम्पनीको मूल्य स्थिर रह्यो । ७ कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरै वृद्धि र एउटाको ५ प्रतिशत भन्दा धेरै गिरावट आयो ।

    आज बजारमा पहिलोपटक कारोबार सुरु भएको सिटिजन्स लाइफ इन्स्योरेन्स कारोबार रकम र संख्याका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनी बन्यो । शेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोवावर सबैभन्दा माथि रह्यो । 

    बजारमा झिनो अंकको मात्रै सुधार भए पनि आज बैंकिङ बाहेक अरु सबै समूहमा सुधार देखिएको छ । बैंकिङ समूह भने आज स्थिर रह्यो । 

     


    images
    images

    Logo