images
images

अर्थ समितिमा गभर्नरले के के भने ? कस्तो आउँदैछ मौद्रिक नीति


  • 1.2K
    SHARES
  • २०७८ श्रावण २० गते बुधबार

    अर्थ समितिमा गभर्नरले के के भने ? कस्तो आउँदैछ मौद्रिक नीति

    काठमाडौं । संघीय संसदको अर्थ समितिले मौद्रिक नीतिको सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ । बुधबार अर्थ समितिले गभर्नर अधिकारी, डेपुटी गभर्नरद्वय नीलम ढुंगाना, बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललाई बोलाएर छलफल गरेको हो ।

    करिब १ घण्टाको छलफलको क्रममा अधिकारीले देशको विद्यमान अवस्था र आवश्यकता अनुसार छिटै मौद्रिक नीति सार्वजनिक गरिने बताए । उनले बैंकिङ प्रणालीको जोखिमलाई हेरेर राष्ट्र बैंकले यस्तो नीति तर्जुमा गर्ने समेत उल्लेख गरे । 

    गभर्नर अधिकारीले लघुवित्त वित्तीय संस्थाको नाफा अस्वभाविक भएको भन्दै राष्ट्र बैंकले त्यसलाई नोटिसमा लिएको समेत बताए । यद्यपि समितिसमक्ष मौद्रिक नीति कहिले आउँछ भन्नेबारे चाहिँ उनले केही उल्लेख गरेनन् । 

    यसअघि गभर्नर अधिकारीले ढिलोमा आइतबारसम्म नीति सार्वजनिक गरिने बताएका थिए । उनले मौद्रिक नीति तर्जुमामा राष्ट्र बैंकको कुनै किसिमको दवाव नरहेको समेत दोहोर्याए । छलफलमा सांसदहरुले सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा लगायतकाे विषयमा गभर्नर अधिकारीसँग जिज्ञासा राखेका थिए । 


    images
    images

    Logo