काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयरका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिने जनाएको छ ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
असोज ४ गते धितोपत्र बोर्डबाट एफपीओ निष्काशनको अनुमति पाएको उक्त कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।



