काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा पर्याप्त आवेदन परेन । प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण शेयरमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।
कम्पनीले असोज १४ गतेदेखि बुधबारसम्मको लागि आईपीओ भर्ने न्यूनतम समय तोकेको थियो। यो अवधिमा माष् अनुसार आवेदन नपर्ने देखिएपछि अब असोज २८ गतेसम्म बढाइएको हो ।
कम्पनीले अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो । आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ ।
सोनापुरको हालको कमाइ प्रतिशेयर ७ रुपैयाँ मात्रै छ । आईपीओ बिक्री गरेको ३ वर्षमा कमाइ प्रतिशेयर २२ रुपैयाँ माथि पुग्ने प्रक्षेपण गरिएको छ । लामो समयदेखि सुस्त रुपमा चल्दै आएको कम्पनीले ३ वर्षमै असाधारण प्रगति गर्ने सम्भावना नदेखिएपछि सो कम्पनीको रिपोर्टलाई शंकास्पद मानिएको छ ।
बोर्डले भने सोही रिपोर्टसहितको विवरणपत्रका आधारमा कम्पनीको आईपीओलाई स्वीकृति दिएको छ ।



