images
images

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट


  • 1.1K
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट

    काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अंकले घटेर १ हजार ९ सय ८५ दशमलव ७२ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका २ सय ८१ स्क्रिपको १ अर्ब १९ करोड रुपैयाँ बराबरको ३९ लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन। जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ८७ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीकाे शेयर मुल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै सिटिजन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यस दिन समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.९१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको शेयरमूल्य ७.८१ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo