काठमाडौं । नेशनल सोलार कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ७ करोड २४ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्य बराबरको ७ लाख २४ हजार कित्ता भन्दा बढी साधारण शेयर निष्काशन गर्नेछ । शेयर निष्काशनका लागि कम्पनीले एन आई सी एशिया क्यापिटललमई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
नेशनल सोलार पावर कम्पनी लिमिटेड सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्ष देखि संचालन गरिरहेको छ ।