काठमाडौं । आईपीओ निष्काशनको लागि बेनी हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हाइड्रोपावरले असोज ५ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणको लागि २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आइपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।
सो कम्पनीको विक्री प्रबन्धकमा एनएमवि क्यापिटल रहेको छ ।