images
images

ऋणपत्र निष्काशनको लागि कुमारी बैंकले पायो बोर्डबाट अनुमति


  • 719
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    ऋणपत्र निष्काशनको लागि कुमारी बैंकले पायो बोर्डबाट अनुमति

    काठमाडौं । कुमारी बैंक लिमिटेडले  ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो ।

    यस अनुसार बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ । बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

    बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

     


    images
    images

    Logo