काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१९ अंकले बढेर १ हजार ९ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८६ स्क्रिपको १ अर्ब ७३ करोड रुपैयाँ बराबरको ५७ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम सामान्य घटेको छ। आइतबार १ अर्ब ८० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय ६३ कम्पनीको शेयर मुल्य बढेको छ । ६४ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक घटेको छ।
आज सबैभनदा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको २१ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको १२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा सिवाईसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावर रहेका छन् । इन्फिनिटी लघुवित्तको ९.६६ प्रतिशत, साुदायिक लघुवित्त ९.४९ प्रतिशत र हिमालयन उर्जा विकास कम्पनी ७.१७ प्रतिशतले बढेको छ ।



