काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाफा ४ सय प्रतिशतले वृद्धि भएको छ । आरम्भ चौतारीले आर्थिक वर्ष २०७७ ८८ मा ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा सो लघुवित्तको नाफा २ करोड ४० लाख रुपैयाँमा सीमित थियो ।
यसरी नाफा बढ्नुमा लघुवित्तको व्यवसाय वृद्धि, ब्याजदरमा कमी तथा राइटब्याक महत्वपूर्ण कारण हरेको छ । लघुवित्तको ऋण लगानीको आकार यो वर्ष २ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
लघुवित्तले स्रोतमा तिर्नुपर्ने लागत यो वर्ष ६.२७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो लागत ९.८७ प्रतिशत थियो । लघुवित्तले राइटब्याकबापत २ करोड ८३ लाख रुपैयाँ नाफा बढाएको छ ।
नाफामा उल्लेख्य वृद्धि गर्न सफल भए पनि सो लघुवित्तको पुँजीकोष अनुपात कसिलो हुँदै गएको देखिन्छ भने निष्क्रिय कर्जा अनुपात पनि बढ्दै गएको देखिन्छ ।



