images
images

सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?


  • 2.1K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा ५७ करोड ६३ लाख ९० हजार ४ सय ६२ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज पहिलो दिन (असोज १४ गते) साँझसम्ममा २ लाख ५ हजार ९ सय ५० जनाले २४ लाख २६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । 

    कम्पनीले आज (असोज १४ गते) देखि १०० अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो ।  यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरिसकेको छ । स्थानीयवासीलाई २ सय २५ रुपैयाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता छुट्याइएकोमा १ लाख ३४ हजार ५ सय २० कित्ता मात्रै बिक्री भएको थियो । 

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको १२ लाख १६ हजार ५ सय ६८ कित्ता र सामूहिक लगानी कोषलाई छुट्याइएको ६ लाख ८ हजार २ सय ८४ कित्ता शेयर भने बिक्री भइसकेको छ । अहिले कर्मचारीका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कर्मचारीले पनि २२५ रुपैयाँमै शेयर पाउनेछन् । तर, स्थानीयले नकिनेर सर्वसाधारणलाई बिक्री गर्न लागिएका र सर्वसाधारणका लागि छुट्याइएका शेयर भने २३७.५८ रुपैयाँमै बिक्री हुनेछ । 

    यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।  निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गतेसम्म हुनेछ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ । 

     

     


    images
    images

    Logo