images
images

३३ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ८३ करोड 


  • 1.4K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    ३३ अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ८३ करोड 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२० अंकले घटेर १ हजार ९ सय ७१ दशमलव १० विन्दुमा पुगेको छ । आइतबार कारोबारमा आएका २ सय ८४ स्क्रिपको १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज १० कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २० कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सिटिजन लाइफ इस्योरेन्सको शेयर कारोबार भएको छ । आजबाट कारोबारमा आएको सिटिजन लाइफको आज सर्वाधिक १४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ यनस्योरेन्स कम्पनीको ६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सकिृट लाग्नेमा सयपत्रि हाइड्रोपावर रहेको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावरले ६.०७ प्रतिशतले बढेको छ भने कुमारी धनबृद्धि योजनाका इकाईधनीको ६ प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको ५.९५ प्रतिशत, ग्लोवल आईएमई लघुवित्तको ५.९३ प्रतिशतले बढेको छ । 

     


    images
    images

    Logo