images
images

सोनापुर मिनरल्सको आईपीओ आजदेखि, स्थानीयले नकिनेको १३ लाख कित्ता समेत बिक्री


  • 1.1K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    सोनापुर मिनरल्सको आईपीओ आजदेखि, स्थानीयले नकिनेको १३ लाख कित्ता समेत बिक्री

    काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओ आजदेखि खुल्दैछ । सिमेन्ट उत्पादक कम्पनीको करिब ९७ लाख कित्ता शेयर आजदेखि प्राथमिक बजारमा बिक्री हुन लागेको हो । सो शेयरका लागि प्रतिकित्ता २३७.५८ रुपैयाँ मूल्य तोकिएको छ । 

    यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरिसकेको छ । स्थानीयवासीलाई २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता छुट्याइएकोमा १ लाख ३४ हजार ५२० कित्ता मात्रै बिक्री भएको थियो । 

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको १२ लाख १६ हजार ५६८ कित्ता र सामूहिक लगानी कोषलाई छुट्याइएको ६ लाख ८ हजार २८४ कित्ता शेयर भने बिक्री भइसकेको छ । 

    अहिले कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कर्मचारीले पनि २२५ रुपैयाँमै शेयर पाउनेछन् । तर, स्थानीयले नकिनेर सर्वसाधारणलाई बिक्री गर्न लागिएका र सर्वसाधारणका लागि छुट्याइएका शेयर भने २३७.५८ रुपैयाँमै बिक्री हुनेछ । 

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिने जनाइएको छ ।  आईपीओमा छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । 

    कस्तो छ कम्पनीको अवस्था?

    इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । यद्यपि कम्पनीको रेटिङले मात्रै बजारको कार्यसम्‍पादनलाई प्रभावित पार्दैन । 

    कम्पनीको नेटवर्थ अहिले १४२.०१ रुपैयाँ छ । यसका आधारमा कम्पनीको शेयर मूल्य ४२६.०३ रुपैयाँसम्म कारोबार हुन सक्नेछ । अहिले ६.४७ रुपैयाँ प्रतिशेयर आम्दानी रहेकाे कम्पनीले आगामी ३ वर्षमा भने यस्तो नाफा तेब्बर पुर्याउने जनाएको छ । 


    images
    images

    Logo