images
images

सातामा २५ अंकले घट्यो नेप्से, आगामी साता के होला ?


  • 609
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    सातामा २५ अंकले घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से २५.४८ अंकले घटेर २ हजार ४ दशमलव ३० विन्दुमा झरेको छ।यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो भने एक कारोबार दिन मात्र बढेर बन्द भएको थियो। यस साता मंगलबार नेप्से परिसूचक बढेको थियो।

    यस साता परिसूचकसँगै नेप्सेको कुल बजार पूँजीकरण पनि घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ७४ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३५ अर्ब घटेर ३० खर्ब ३८ अर्बमा सीमित भएको छ।

    साताको पहिलो दिन आइतबार १०.४२ अंकले घटेर २ हजार १० दशमलव ३५ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार ५.८९ अंकले बढेर २ हजार ४ दशमलव ४५ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । 

    त्यस्तै, मंगलबार १८.४५ अंकले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । सो दिन २ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको थियोे । साताको अन्तिम दिन बुधबार १८.६० अंकले घटेर २ हजार ४ दशमलव ३० विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार इन्द्रजात्रा परेको कारणले गर्दा शेयर बजार बन्द भएको थियो । 

    यस साता १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ०.७५ प्रतिशत बढेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३३२ प्रतिशत घटेको छ। 

    यस साता सरकारी ऋणपत्रबाहेक ६ करोड १२ लाख २५ हजार ५ सय ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता अप्पर लोहोरे खोला हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने नागरिक लगानी कोषको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

    बजार घटिरहँदा लाभांशको सिजन भने सुरु भइसकेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । केहीले त बुक क्लोज र साधारण सभा मितिसमेत सार्वजनिक गरिसकेको अवस्था छ । कतिपय बैंकले दसैंअघि नै साधारण सभा गर्ने तयारी गरिरहेका छन् । 

     

     


    images
    images

    Logo