images
images

मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति


  • 873
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    मुक्तिनाथ कृषि कम्पनीले पायो आईपीओ निष्काशनका लागि बोर्डको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ कृषि कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको छ । बोर्डले असोज १० गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

    मुक्तिनाथ कृषि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो । कम्पनीले जारी पूँजी ७० करोडको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।

    कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ । 


    images
    images

    Logo