काठमाडौं । रिचेन जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्नेको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । जलविद्युत कम्पनीले भदौ २९ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४ सय ५० कित्ता कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो ।
सो कम्पनीको विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासनको प्रकृया अघि बढाउनेछ ।