images
images

नेपाल वेयरहाउजिङ कम्पनीले पायो आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति


  • 828
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    नेपाल वेयरहाउजिङ कम्पनीले पायो आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन अनुमति पाएको छ । बोर्डले असोज १० गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

    कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैंयामा १३ लाख ६५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्नेछ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

    कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा ल्याउने तयारी गरेको छ ।

    यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।  यस कम्पनीको हालको चुक्ता पुजी ५५ करोड रुपैयाँ रहेको छ । 

     

     


    images
    images

    Logo