काठमाडौं । चिरख्वा हाइड्रोपावरको आईपीओ निष्काशनको मिति तय भएको छ । कम्पनीको ८ लाख ५९ हजार कित्ता शेयर असोज २३ देखि सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
यसअघि सर्वसाधारणलाई ६ लाख ६४ हजार कित्ता मात्रै वितरण गर्ने तय भएपनि स्थानीयबासीका लागि छुट्याइको शेयरमा पर्याप्त आवेदन नपरेपछि करिब १ लाख ९५ हजार कित्ता शेयर थप भएको हो । उक्त शेयर २३ गतेदेखि ४ दिनका लागि खुला हुनेछ । सी–आस्वा प्रणालीमार्फत् उक्त शेयरका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीले ४.७ मेगावाटको चिरख्वा हाइड्रोपावर बनाउँदै छ । यसको कुल अनुमानित लागत ९९ करोड ८० लाख छ । जुन प्रतिमेगावाट करिब २१ करोड हो । आयोजनाको लगानी फिर्ता अवधि ७.३९ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता अवधि १२.१४ वर्ष छ । उक्त आयोजनाको लाइसेन्स अवधि २८ वर्ष बाँकी छ ।



