काठमाडौ । कर छलिको अभियोगमा राजश्व अनुसन्धान विभागले एक जना विक्रेता माथि साढे सात करोडको मुद्दा चलाएको छ । रुपन्देहीको सिद्धार्थनगरका ३५ वर्षीय विष्णु ज्ञवाली विरुद्ध विभागले ७ करोड ३७ लाख रुपैयाँ बिगो मागदावी सहित उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो ।
एभरेष्ट मोबाइल सेन्टरका प्रोपाइटर ज्ञवालीले पेश गरेको मोबाइलजन्य सामग्रीको मौज्दात फरक देखाएको, र भन्सार चोरी पैठारी गरि राजश्व चुहावट गरेको अभियोग विभागले लगाएको छ । सो कसुरबाट राज्यलाई ७ करोड ३७ लाख पाँच हजार बराबरको रकम नोक्सान पुग्ने देखिएकोले सो बराबरको बिगो र त्यतिनै जरिवाना मागदावी गरिएको हो ।