images
images

सिटिजन लाइफ इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?


  • 1.7K
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    सिटिजन लाइफ इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ?

    काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बुधबार कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    कम्पनीले सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सुचीकृत भएको हो । 

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम १ सय ७२ रुपैयाँ ४३ पैसा र अधिकतम ५ सय १७ रुपैयाँ २९ सम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo