images
images

१६ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सिमित


  • 1.1K
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    १६ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब ८१ करोडमा सिमित

    काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। मंगलबार बढेर बन्द भएको नेप्से बुधबार पुन घटेर बन्द भएको हो ।  नेपाल स्टक एक्सचेञ्स (नेप्से) १८.६० अंकले घटेर २ हजार ४ दशमलव ३० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएको २ सय ८२ स्क्रिपको १ अर्ब ८१ करोड रुपैयाँ बराबरको ७० लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज ३६ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १।५१ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सन नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशियाको ६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट ५ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एशियन हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।

     

     


    images
    images

    Logo