images
images

अपि पावरको १२ लाख हकप्रद शेयर बिकेन, लिलामीका लागि खुला


  • 970
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    अपि पावरको १२ लाख हकप्रद शेयर बिकेन, लिलामीका लागि खुला

    काठमाडौं । अपि पावर कम्पनीको १२ लाख कित्ता भन्दा बढी शेयर बिक्री भएन । कम्पनीले जारी गरेको ४० प्रतिशत हकप्रद शेयर बिक्रीको क्रममा सो बराबरको शेयरका लागि आवेदन नपरेको हो । अब सो शेयर लिलामीमार्फत् बिक्री गर्न लागिएको छ । 

    कम्पनीको शेयरका लागि शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा असोज १७ देखि २४ गतेसम्म सिलबन्दी बोलपत्रमार्फत् आवेदन दिनसक्ने जनाइएको छ । यसका लागि न्यूनतम १०० कित्ता र १०० रुपैयाँ प्रतिकित्ता मूल्य प्रस्ताव गरिएको छ । 

    कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ बराबरका १ करोड ६५ लाख कित्ता हकप्रद शेयर जारी गरेको थियो । 


    images
    images

    Logo