images
images

चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 366
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    चेक बाउन्स मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर ९ चेक बाउन्स मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

    उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर  बैंकको चेक दिएकाले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरिएकोे थियो । सो मुद्दामा उच्च अदालतले रु ३९ लाख ९६ हजार ४०० जरिवाना तोकेको थियो । 


    images
    images

    Logo