images
images

असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउन सुचीकृत कम्पनीलाई नेप्सेको निर्देशन, कसले कति बुझाउनुपर्छ ?


  • 1.5K
    SHARES
  • २०८० आश्विन ९ गते मंगलबार

    असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउन सुचीकृत कम्पनीलाई नेप्सेको निर्देशन, कसले कति बुझाउनुपर्छ ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएका कम्पनीले असोज ससान्तभित्र नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । नेप्सेले आज एक सुचना जारी गर्दै नेप्सेमा सुचीकृत कम्पनीहरुलाई असोज ३० गतेभित्र नवीकरण शुल्क बुझाउन आग्रह गरेको हो । 

    यससँगै आर्थिक बर्ष २०८०/८१ को बार्षिक नवीकरण शुल्क बुझाउन बाँकी रहेका कम्पनीहरुले सो अवधिभित्र तोकिए बमोजिम शुल्क बुझाउन पर्ने छ । धितोपत्र सुचीकृरण विनियमावली २०७५ को व्यवस्था अनुसार धितोपत्र र डिवेन्चर तथा म्युचुअल फण्डहरुको नवीकरण शुल्क छुट्टाछुटै तोकिएको छ । कम्पनीहरुको नवीकरण शुल्क चुक्तापुँजीको आधारमा तोकिएको नेप्सेले जनाएको छ । 

    नेप्सेका अनुसार ५० करोडसम्म चुक्ता पुँजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनु पर्ने हुन्छ । त्यस्तै, सो भन्दामाथि पुँजी हुनेहरुले बार्षिक १ लाख रुपैयाँ नवीकरण बापत नेप्सेलार्य बुझाउनुपर्ने छ । 

    त्यसैगरी, डिवेन्चर तथा म्युचुअल फण्डहरुको पनि चुक्तापुँजीको आधारमा शुल्क तोकिएको छ । ५० करोडसम्म चुक्तापुँजी हुनेले २५ हजार रुपैयाँ र ५० करोडभन्दामाथि चुक्तापुँजी भएका कम्पनीले बार्षिक ५० हजार रुपैयाँ नवीकरणको शुल्क तिनुपर्ने नेप्सेले जनाएको छ । 

    तोकिएको समय अवधिमा नवीकरण शुल्क नवुझाएमा वार्षिक १० प्र्तिशत दरले जरिवाना लाग्ने र धितोपत्र सुचीकरण स्थगत गर्ने नेप्सेले जनाएको छ । 

    कम्पनीहरुले उक्त रकम अनलाइन मार्फत बुझाउनु पर्ने नेप्सेले जनाएको छ । 

     

     


    images
    images

    Logo