images
images

नेप्सेसँगै बढ्यो कारोबार रकम, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 


  • 1.5K
    SHARES
  • २०८० आश्विन ९ गते मंगलबार

    नेप्सेसँगै बढ्यो कारोबार रकम, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट 

    काठमाडौं । मंगलबार नेप्से बढेर बन्द भएको छ ।साताको पहिलो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से परिसूचक मंगलबार भने बढेर बन्द भएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.४५ अंकले बढेर २ हजार २२ दशमलव ९१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको २ सय ८६ स्क्रिपको २ अर्ब ९ करोड रुपैयाँ बराबरको ८७ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार १ सय ९० कम्पनीको शेयर मुल्य बढेको छ । २९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ।

    मंगलबार सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ८ करोड ३४ लाखको शेयर कारोबार भएको छ । सन नेपाल लाइफको ७ करोड ५३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा मच्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावर रहेका छन् । त्यस्तै,  शुभम पावरको ९.९९ प्रतिशत, मोलुङ्ग हाइड्रोपावर ९.९६ प्रतिशत र स्वाभिमान लघुवित्त ९.९३ प्रतिशतले बढेको छ ।  


    images
    images

    Logo