काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ १८ गतेदेखि खुल्ने भएको छ । कम्पनीले प्रकाशन गरेको आह्वानपत्रका अनुसार उक्त कम्पनीको १२ लाख ७५ हजार कित्ता शेयर अंकित मूल्य १०० रुपैयाँमा बिक्री हुनेछ ।
सानिमा माई हाइड्रो समूहको यो कम्पनीले १४.३ मेगावाटको माथिल्लो मैलुङखोला आयोजना निर्माण गरिरहेको छ । जसको लागत करिब २ अर्ब ५० करोड अनुमान गरिएको छ । जुन प्रतिमेगावाट २० करोड रुपैयाँभन्दा कम हो ।
हाल कमाइ नभएका कम्पनीहरुले प्रिमियम मूल्यमा महँगो शेयर किनिरहेको अवस्थामा अंकित मूल्यमा बिक्री हुने यो शेयरले प्राथमिक बजारमा लगानीकर्तालाई राहत पुग्नेछ ।
यो कम्पनीको लगानी फिर्ता अवधि ७.७६ वर्ष छ ।