काठमाडौं । सोमबार नेप्से घटेर बन्द भएको छ । कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८९ अंकले घटर २ हजार ४ दशमलव ४५ विन्दुमा पुगेको छ ।
सोमबार कारोबारमा आएको २ सय ८४ स्क्रिपको १ अर्ब ५५ करोड रुपैयाँ बराबरको ६५ लाख १६ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
सो दिन ९२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०।९५ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा माई खोला हाइड्रोपावर रहेको छ । त्यस्तै, एशियन हाइड्रोपावर ९.९९ प्रतिशत, मन्दाकिनी हाइड्रोपावर ९.९९ प्रतिशत, इष्र्टर्न हाइड्रोपावर ९.९७ प्रतिशत, हिमालयन लघुवित्त ९.९७ प्रतिशतले बढेको छ ।



