images
images

बानेश्वरदेखि सातदोबाटो क्षेत्रमा एक साता विद्युत् अवरोध हुने 


  • 359
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    बानेश्वरदेखि सातदोबाटो क्षेत्रमा एक साता विद्युत् अवरोध हुने 

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरदेखि ललितपुरको सातदोबाटोसम्मको क्षेत्रमा एक सातासम्म विद्युत् सेवा अनियमित हुने भएको छ । भक्तपुर वानेश्वर ६६ केभी प्रसारण लाइन स्तरोन्नतिका लागि मंगलबारदेखि ६ दिनसम्म विद्युत् सेवामा अवरोध हुनसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    सो आयोजना अन्तर्गत कटुञ्जेदेखि बानेश्वरसम्मको क्षेत्रमा साउन ४ गतेदेखि नै प्रसारण लाइन स्तरोन्नतिको काम थालिएको थियो । हाल बानेश्वरदेखि सातदोबाटोसम्मको क्षेत्रमा स्तरोन्नतिको काम हुन लागेकोले सो क्षेत्रमा विद्युत् सेवामा समस्या आउने भएको हो । 

    विद्युत् अवरोध हुने सो क्षेत्रमा ११ केभी प्रसारण लाइनमार्फत् विद्युत् आपूर्ति हुँदै आएको छ । तर, ६६ केभी प्रसारण लाइन मर्मत गर्दा हुनसक्ने सम्भावित जोखिम हटाउन सो प्रसारण लाइनलाई सर्टडाउन गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको हो । 


    images
    images

    Logo