images
images

एभरेष्ट बैंकले पनि बोलायो साधारणसभा


  • 792
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    एभरेष्ट बैंकले पनि बोलायो साधारणसभा

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले  साधारण सभा बोलाएको छ । असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेटमा बस्नेगरी बैंकले साधारणसभा बोलाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

    साधारण सभामा  संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायत अन्य नियमित प्रस्तावहरु गरेको छ । 

    साधारण सभाका लागि बैंकले असोज १६ गते एक दिनका लागि शेयरधनी सकताव खाता बन्द (बुकक्लोज) गर्ने भएको छ। असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । 

    आजै सानिमा बै‌ंकले समेत कात्तिक २ गतेकाे लागि साधारणसभा बोलाएको छ । यसअघि माछापुच्छ्रे, एनआईसी एशिया र सिटिजन्स बैंकले पनि साधारणसभा आह्वान गरिसकेका छन् ।


    images
    images

    Logo