images
images

मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाटँको मिति तय 


  • 2.0K
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाटँको मिति तय 

    काठमाडौं । मीड सोलु हाइड्रोपावरको आईपीओ बाँडफाटँको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ  बुधबार साँझ ५ बजे बाँडफाटँ गर्ने भएको हो । 

    किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १३ लाख ५४ हजार ८ सय ४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २ सय ५० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ६२ हजार १ सय १८ जनाले मात्र सेयर हात पार्नेछन् ।

    बाँकी १२ लाख ९२ हजार ७ सय २८ जनाको भने हात खाली हुनेछ । कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ दरले ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर जारी गरेको थियो । कम्पनीले कर्मचारीलाई १४ हजार ९ सय ६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४ सय २० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो ।

    बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । 

     

     


    images
    images

    Logo