images
images

निरन्तर तीन दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम २ अर्ब ३२ करोड


  • 929
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    निरन्तर तीन दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार रकम  २ अर्ब ३२ करोड

    काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा बुधबार करेक्स देखिएको छ।  अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से, यस दिन भने घटेको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.४२ अंकले घटेर २ हजार १० दशमलव ३५ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २ सय ८५ स्क्रिपको २ अर्ब ३२ करोड रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । विहीबार ३ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६६ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक ०।९९ प्रतिशत बढेको छ। यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

    आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सन नेपाल लाइफको ९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ८ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    नेप्से घटेपनि यस दिन तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस दिन स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको हो । त्यसैगरी, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। 

     

     


    images
    images

    Logo