काडमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । आइतबार कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली,सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरेर कुल ५० लाख ९८ हजार ४० कित्ता साधारण शेयर सुचीकृत गराएको हो ।
नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम ९७ रुपैयँ ८७ पैसादेखि अधिकतम २ सय ९३ रुपैयाँ ६१ पैसासम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । इस्योरेन्सको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।