काठमाडौं । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्न आजसम्म शेयर कायम रहनुपर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार सोमबार साधारणसभा प्रयोजनको लागि बैंकको शेयरधनी खाता बन्द हुनेछ ।
आजको कारोबार अवधिसम्म शेयर खरिद गरेका शेयरधनीहरु बैंकले तोकेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन् । बैंकले यो वर्ष कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद सहित १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको साधारणसभा असोज १८ गते पोखरामा हुँदैछ ।