images
images

खानी खोलाले हकप्रद शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल 


  • 770
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    खानी खोलाले हकप्रद शेयर निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल 

    काठमाडौं । खानीखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासनका लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको हो।

    सीईओ भरत लामिछाने थापा र क्यापिटलका सीईओ सबिरबादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रबन्धकको रुपमा काम गर्नेछ ।

    खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमश : ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन ।


    images
    images

    Logo