images
images

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा


  • 310
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

    काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनेले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन्। उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेका थिए। 

    लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए। सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भने। 

    नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरे ।  तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनृका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरै । 

    खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभयो । दायाँहाते ब्याटस्म्यान उहाँले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उनि शतक प्रहार गर्न सफल भएका थिए । खड्काले बलिङसमेत गरेका थिए । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका  भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।


    images
    images

    Logo