images
images

सोनापुर मिनरल्सको आईपीओ निष्कासनको मिति तोकियो : ७.८ रुपैयाँ कमाइ, २२५ रुपैयाँ मूल्य


  • 1.3K
    SHARES
  • २०८० आश्विन ५ गते शुक्रबार

    सोनापुर मिनरल्सको आईपीओ निष्कासनको मिति तोकियो : ७.८ रुपैयाँ कमाइ, २२५ रुपैयाँ मूल्य

    काठमाडौं । सोनापुर मिनरल्सको आईपीओ असोज १४ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले शुक्रबार आह्वानपत्र प्रकाशन गर्दै उक्त दिनदेखि आईपीओ निष्कासन गर्ने जनाएको हो । 

    कम्पनीले कुल जारी पुँजीको ४० प्रतिशतले हुन आउने १ करोड २३ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । त्यसमध्ये दाङ र रोल्पाका स्थानीयवासीका लागि १५ लाख ३७ हजार कित्ता शेयर छुट्याएको थियो । त्यसमध्ये १ लाख ३४ हजार कित्ताका लागि मात्रै आवेदन परेको थियो । 

    त्यस्तै, १२ लाख १६ हजार कित्ता विदेशमा बस्ने नेपालीलाई र ६ लाख ८ हजार कित्ता क्युचुअल फण्डलाई बिक्री गरिसकेको छ । स्थानीयवासीले नकिनेको समेत गरी बाँकीमध्ये ६ लाख ८ हजार कित्ता कर्मचारीलाई छुट्याएर कम्पनीले ९७ लाख ३२ हजार कित्ता शेयर निकासन गर्न लागेको हो । 

    उक्त शेयरको बिक्री मूल्य २२५ रुपैयाँ तोकिएको छ । कम्पनीले गत वर्ष ७.८ रुपैयाँ प्रतिशेयर आम्दानी गरेको छ । आगामी ३ वर्षमा भने यस्तो आम्दानी २३.५५ रुपैयाँ पुग्ने कम्पनीको दाबी छ । 


    images
    images

    Logo