images
images

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब २९ करोड


  • 1.4K
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, कारोबार रकम ३ अर्ब २९ करोड

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो दुई कारोबार दिनदेखि बढी रहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। शेयर बजार साेमबारदेखि बढेकाे थियाे । 

    नेपाल स्टक एक्चसेञ्ज (नेप्से) ४४.३४ अंकले बढेर २ हजार २९ दशमलव ७८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ७८ स्क्रिपको ३ अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड १२ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार १ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    विहीबार २ सय १७ कम्पनीको शेयर मूल्य बढेको छ । ११ कम्पनीको शेयर मुल्य घटेको छ भने २ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    आज सबैभन्दा धेरै सन नेपाल लाइप इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज रिलायबल नेपाल लाइफको १३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् । त्यस्तै, मन्दाकिनी हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावर ९.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, आँखुखोला, बाराही हाइड्रोपावर, मैलुङ खोला जलविद्युत, अपर सोलु हाइड्रो र गुडविल फाइनान्स ९ प्रतिशत भन्दा बढी बढेका छन् ।  

     


    images
    images

    Logo