images
images

सामाजिक सुरक्षासम्बन्धी मुद्दाबारे आज निर्णय हुँदै, जारी होला अन्तरिम आदेश ?


  • 383
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    सामाजिक सुरक्षासम्बन्धी मुद्दाबारे आज निर्णय हुँदै,  जारी होला अन्तरिम आदेश ?

    काठमाडौं। सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागितासम्बन्धी व्यवस्थाविरुद्ध बैंकिङ क्षेत्रका कर्मचारीहरुको मुद्दामा आज निर्णय हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशत्रय अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको कुमार चुडाल र नहकुल सवेदीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । 

    यसअघि संयुक्त इजलासमा रहेको मुद्दामा न्यायाधीशहरुको राय बाझिएपछि मुद्दालाई पूर्ण इजलासमा पठाइएको थियो । निरन्तर सुनुवाईको क्रममा रहेका सो मुद्दामा आज निर्णय गर्ने तयारी गरिएको छ । 

    विभिन्न २९ वटा बैंक वित्तीय संस्थाका कर्मचारी युनियनहरुले संयुक्त रुपमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । खाइपाइ आएको सुविधा घट्नेगरी नियमावलीमार्फत् गरिएको व्यवस्था संविधान तथा सामाजिक सुरक्षा कोषसम्बन्धी ऐन समेत विपरित रहेको युनियनहरुको दाबी छ । यो व्यवस्था लागु भएमा अहिले आफूहरुले पाउँदै आएको सुविधा घट्ने उनीहरुको जिकिर छ । 

    कर्मचारी युनियनको मागबमोजिम आज अदालतले अन्तरिम आदेश जारी गर्यो भने बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुन अनिवार्य हुने छैन । अन्तरिम आदेश जारी नभएको अवस्थामा सामाजिक सुरक्षा कोषले सबैलाई सहभागी गराउन वा सहभागी नभएका संस्थालाई आवश्यक कारबाही गर्न समेत सक्नेछ । 


    images
    images

    Logo