काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई वटा म्युचुअल फण्डलाई इकाई बिक्री गर्न अनुमति दिएको छ । एनआइबीएल सहभागित फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले इकाइ निष्काशनको लागि अनुमति पाएका हुन् ।
बोर्डले एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एनआइबीएल सहभागित फन्डुलाई १० करोड इकाई बिक्री गर्न अनुमति दिएको हो । यो खुलामुखी योजना हो ।
यस्तै, सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ुसिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ लाई ५ करोड इकाई बिक्री गर्न बोर्डले अनुमति दिएको हो । यी दुवै फन्डले प्रतिइकाई १० रुपैयाँको दरले इकाई बिक्री गर्न अनुमति पाएका हुन् ।