images
images

एनआईशी एशिया स्वामित्वको साढे ७ लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?


  • 543
    SHARES
  • २०७८ श्रावण १९ गते मंगलबार

    एनआईशी एशिया स्वामित्वको साढे ७ लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

    काठमाडौं । एनआईशी एशिया बैंकको स्वामित्वमा रहेको विभिन्न ३ वटा कम्पनीको ७ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा राखिएको छ । सो बैंकको नाममा रहेको मेरो माइक्रोफाइनान्स, नागरिक लगानी कोष र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको गरी कुल ७ लाख ४९ हजार ९ सय ७३ कित्ता शेयर लिलामीमा राखिएको हो । 

    यसमध्ये मेरो मेरो माइक्रोफाइनान्सको ८९ हजार ४ सय ३९ कित्ता, नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता तथा आरएमडीसी लघुवित्तको ३ लाख १० हजार १ सय ६५ कित्ता शेयर छन् । 

    न्यूनतम मूल्य कति ? 

    एनआईशी एशियाले नागरिक लगानी कोषको संस्थापक शेयर न्यूनतम १ हजार ४ सय ६३ रुपैयाँ तोकेको छ । यसका लागि विद्यमान संस्थापक शेयरधनी मात्रै आवेदन दिन योग्य हुनेछन् । 

    आरएमडीसी लघुवित्तको शेयरका लागि न्यूनतम ५ सय ६ रुपैयाँ मूल्य तोकिएको छ । मेरो माइक्रोफाइनान्सका लागि भने ५ सय ९५ रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । सो मूल्य नघट्ने गरी लिलाम बढाबढमा शेयर बिक्री गर्ने जनाइएको छ । यी दुवैको शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी र साधारण शेयरधनी दुवै योग्य हुनेछन् । तर, बाँडफाँडका क्रममा संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने जनाइएको छ । 

    यो शेयर बिक्रीका लागि एनआईशी एशिया क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । इच्छुक व्यक्तिले एनआईशी एशिया क्यापिटलमा गएर आवेदन दिन सक्ने जनाइएको छ ।


    images
    images

    Logo