काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबको ३० लाख इकाइ ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । बैंकले भदौ २९ गते बोर्डबाट अनुमति पाएको हो ।
१० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।